Logo

ए डिभिजन लिग: एपीएफमाथि एनआरटी विजयी



Spread the love

५ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीले विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एपीएफलाई ३-२ ले पराजित गरेको हो ।

एनआरटीलाई जित दिलाउने क्रममा आन्द्रे थेरीले २४औं, जोर्डन एनडेम्बाले ८० औं र दर्शन गुरुङले ८५औं मिनेटमा गोल गरेका थिए । एपीएफका आशिष लामाले ४१ औं र ५३ औं मिनेटमा दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा एनआरटी र एपीएफ दुवैले थप गोलको अवसर गुमाएका थिए ।

गत सिजन अन्तिम भएकोले एनआरटीले २ अंक गुमाएको हो । एनआरटीले पनि नेपाल पुलिस र थ्री स्टार समान ११ अंक जोडेको हो ।

प्रतिक्रिया दिनुहोस्