Logo

दिनेश गौतमको ‘म मरिसकेपछि’ सावर्जनिक, शिशिर र सिलास्माको अनौठो प्रेमकथा (भिडियोमा)



Spread the love

पछिल्लो समय निकै नै चर्चा बटुल्न सफल गायक तथा मोडेल हुन्- शिशिर भण्डारी । एक पछि अर्को म्युजिक भिडियो सुपरहिट भएका छन् भने उनले अभिनय गरेको नयाँ गीत ‘म मरिसकेपछि’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीत फिल्मको जस्तो एक्टिंग, डाइलोक र एक्सनमा निर्माण गरिएको छ । उक्त गीतमा सिलास्मा हमाल(मेडम)र शिशिर (विद्यार्थी)बीचको अनौठो माया प्रेमलाई उठान गगरिएको छ ।

पुरुषोत्तम बस्नेतको शब्द रहेको गीतमा पुस्तक प्रसादले संगीत भरेका छन् भने यसमा दिनेश गौतमको स्वर रहेको छ । गम्भिर बिष्टले कोरियोग्राफी गरेका छन् ।

यस गीतमा शिशिर एक पागल प्रेमिकाको भूमिकामा देखिएका छन् । भिडियोमा शिशिर, सिलास्मासँगै आयुष रिजाल र दीपेन्द्र कार्कीको अभिनय गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् भने सरिता सिंह मल्लले निर्माण गरेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/xB5RJSZ5EWc

प्रतिक्रिया दिनुहोस्