Logo

लोकदोहरी गायक लक्ष्मण चापागाईंको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक



Spread the love

चर्चित लोक दोहोरी गायक लक्ष्मण चापागाईंको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक भएको छ । पश्चिम नेपालको मौलिक सांस्कृतिक रूपमा परिचित रोईला लोक भाकालाई फरक शैलीमा चिनाउने प्रयास गरिएको यस गीतमा लक्ष्मण भुसाल, खुसी रामदा, प्रतिसा लामा र देबेन्द्र सिल्वालको रोमाञ्चक अभिनय रहेको छ ।

उक्त गीतमा गायक चापागाईंको लय तथा शब्द रहेको छ भने सङ्गीत संयोजन अर्जुनकुमार पोखरेलद्वारा गरिएको छ ।
यस गीतको भिडियोमा आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाईंको , निरु चापागाईंको , अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दिपशिखा थापा, दिक्षा तामाङ, रसिया भण्डारी, र कृतिका गुरुङ, मुदुप तामाङ लगायतले नृत्य गरेका छन् । स्याङ्गजा जिल्लाको अर्जुनचौपारी वरिपरिको परिवेश समेत समेटेको यस म्युजिक भिडियोको छायाङ्कन सागर गौतमले गरेका हुन्न भने यस गीतका निर्देशक सन्तोष भुजेल हुन्न ।

चापागाईंले २०६३ सालबाट “पाए तिम्रो साथ” बोलको एल्बमबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए ।

(हेर्नुहोस् भिडियो )

प्रतिक्रिया दिनुहोस्