Logo

इटालियन सिरी ए मा रोनाल्डोको दुई गोलसँगै युभेन्टस शीर्षस्थानमा



Spread the love

एजेन्सी। युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाउन सफल भएको छ । युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २-१ को जित निकालेको हो ।

खेलको ४३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उता पार्माका लागि ५५औं मिनेटमा बराबरी गोल फर्काए । ५८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।

युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । युभेन्टसको २० खेलबाट ५१ अंक छ । समान खेलबाटै इन्टर मिलानको ४७ अंक छ ।

आइतबारै राति नै भएको अर्को खेलमा इन्टर मिलान लेच्चेसँग १-१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य भयो । बराबरीपछि इन्टर शीर्षस्थानको युभेन्टससँग ४ अंकले पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्