Logo

लिओनार्दो दिक्याप्रिओ र रोबर्ट डी निरो पहिलो पटक सँगै देखिने



Spread the love

एजेन्सी । हलिउडका चर्चित निर्देशक मार्टिन स्कोर्सेजको प्रिय कलाकार रोबर्ट डी निरो र लियोनार्दो दिक्याप्रिओ पहिलोचोटि स्कोर्सेजको नयाँ चलचित्रमा देखिने भएका छन् ।

आइतबार लस एन्जसलमा सम्पन्न भएको २६ औँ स्क्रिन एक्टर गिल्ड अवार्ड्समा लियोनार्दोले रोबर्ट डी निरोलाई लाइफ एचिभमेन्ट अवार्ड दिंदै दुबै सँगै चलचित्रमा देखिन लागेको बताएका छन् ।

७६ वर्षीय रोबर्ट डी निरो र ४५ वर्षीय दिक्याप्रिओ स्कोर्सेजको फिल्ममा बढि देखिने कलाकार हुन् ।
स्कोर्सेजको आउन लागेको चलचित्र डेविड ग्रानको किताब किलर्स अफ द फ्लावर मुनमा आधारित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्