Logo

पानी ट्याँकीमा डुबेर बालकको मृत्यु



Spread the love

सल्यान– सल्यानको कुपिण्डे नगरपालीका वडा ७ मैदुपोखरीमा आकासे पानी संकलन ट्याँकीमा डुबेर कोहलपु ११ की गंगा खत्रीको १५ महिनाको छोरा संगम खत्रीको मृत्यु भएको छ । माईती घर आएको समयमा घर नजिकै पर्ने आकासे पानी संकलनका निमार्ण भएको पानी ट्याँकी भित्र परेर वेलुकी ६ वजेको समयमा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज चन्द्र कठ्यातले जानकारी दिनु भएको छ ।
पहाड नेपाल संस्थाद्धारा घाँझरीपिपलका विभिन्न स्थानहरुमा तरकारी खेतीका लागि उक्त ट्याँकीहरु निमार्ण गरिदिएको स्थानीयले जनाए । बालक खेल्ने क्रममा पानी ट्याकी भित्र खसेको बताइएको छ ।

गत वर्ष पनि घाँजरीपीपलको सोही स्थानमा १ वालकको मैदुपोखरीमा पानीमा डुडेर ज्यान गएको थियो । वालकलाई पोष्टमार्टमको लागि सुर्खेत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्