Logo

महर्षि बाल्मीकिका केहि प्रेरणादायी भनाईहरु



Spread the love

एजेन्सी । महर्षि बाल्मीकि, अर्थात महान ग्रन्थ रामायणका रचनाकार । महर्षि बन्नुअघि उनी रत्नाकरको नामबाट चिनिन्थे । उनी डकैती गर्थे, जंगलमा बसेर । वाल्मीकि आदि महाकाव्य रामायणका रचनाकार हुन्, त्यसैले यिनी आदि कवि हुन् । यिनी लाैकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् ।

यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर धमिराले देवल बनाएकाे थियाे । धमिराकाे देवललाई संस्कृतमा वाल्मीक भनिन्छ । महर्षि बाल्मीकिले रामायणमा प्रेम, त्याग, तपस्य र यशको भावनालाई महत्व दिएका छन् । श्रीरामको जीवनको माध्यामबाट हामीलाई जीवनको सत्य, कर्तव्य वोध गराएका छन् ।
-मायाको दुई भेद छ, अविद्या र विद्या ।
-मानिसको सबैभन्दा डरलाग्दो शत्रु हो, अहंकार । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
-इच्छाशक्ति भएपछि मानिसले जतिसुकै कठोर काम पनि सहजै सम्पन्न गर्न सक्छ । इच्छाशक्ति र दृढ संकल्पले मासिनलाई रंकबाट राजा बनाइदिन्छ ।
-समस्त सत्य कर्मको आधार सत्य नै हो ।
-आमाबुवाको सेवा र उनको आज्ञा पालन जस्तो अर्को धर्म छैन ।
-दुख र विपद जीवनको दुई यस्तो पाहुना हुन्, जो बिना निमन्त्रणा आइपुग्छन् ।
-प्रणलाई तोडेपछि पुण्य नष्ट हुन्छ ।
-अर्काको धनको अपहरण, परस्त्रीसँग संसर्ग, सहृदयीप्रति अतिशंका यी तीन दोष विनाशकारी छ ।
-पुरुषार्थ बिना भाग्य निर्माण हुँदैन ।
-भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन् । साथै भाग्यमा निर्भर भएर उनीहरु आफुलाई नष्ट गर्छन् ।
-उत्साह, सामथ्र्य र मनको हिम्मत हार्नु हुँदैन, कुनैपनि कार्य सिद्ध गर्नका लागि यी गुण आवश्यक हुन्छ ।
-नारीको लागि वास्तवमा उनका पति नै सम्पूर्ण आभूषण हुन् । उसलाई पृथक राखेर उनी जतिनै सुन्दर भएपनि सुशोभित हुँदैनन् ।
-जीवनमा सदैव सुख मिल्छ भने यो एकदमै दुर्लभ कुरा हो ।
-अति संघर्षबाट चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार अति अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध पैदा हुन्छ ।
-सन्त अर्कालाई दुखबाट बचाउनका लागि आफु कष्ट सहन्छ, जबकी दृष्ट व्यक्ति अर्कालाई दुख दिनका लागि ।
-नीचको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, सर्प र बिरालो झुकेर युद्ध गर्छ ।
-संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।
-यस संसारमा असंभव केहिपनि छैन, यदि उत्साहलाई नछाड्ने हो भने ।

प्रतिक्रिया दिनुहोस्