Logo

कसरी आमाबुवासँग सुमधुर सम्बन्ध कायम राख्ने?



Spread the love

एजेन्सी। तपाईंको प्रगतिमा खुसी हुने, तपाईंको सुखको कामना गर्ने र तपाईंको उन्नतीले प्रफुल्ल हुने ति व्यक्ति हुन् तपाईंका आमाबुवा।आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । तर, आमाबुवाको भावनालाई छोराछोरीले कहिलै बुज्ने कोसिस गर्दैनौ । आमाबुवाले दर्शाउने माया, ममतालाई उनीहरुले लत्याइदिन्छन् । यही कारण छोराछोरी र आमाबुवावीच अहिले दूरी बढ्दो छ ।

हरेक सम्बन्धभन्दा माथि र अटूट हुन्छ, आमाबुवासँगको सम्बन्ध । यसलाई चाहेर पनि कसैले तोड्न सक्दैन । तर हिजोआज धेरै जसो छोराछोरीले आमा-बुबाप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिंदै गएका छन् । यसरी आमाबुवाको भावनालाई बुज्ने कोसिस गरौ:

भावना बुझौं: आफ्नो आमा-बुबाको भावनालाई बुझ्ने प्रयास गरौं, जसका कारण तपाईं उनीहरुलाई खुशी प्रदान गर्न सक्नु हुन्छ ।
आफ्नो प्रतिक्रिया दिने
यदि तपाईं आफ्नो आमा-बुबासंगको सम्बन्धलाई सुधार्न चाहनु हुन्छ भने तपाईंले उनीहरुसंग कुरा गर्नु आवश्यक हुन्छ । उनीहरु स्वयं आएर कुरा गरुन् भन्ने कुराको कहिल्यै पनि प्रतिक्षा गर्नु हुँदैन ।
आमा-बुबाको कुराको सम्मान राख्ने
यदि तपाई आफ्नो आमा-बुबाको कुनै कुरामा सहमत हुनु हुन्न भने यसको बारेमा कहिल्यै पनि तपाईंको आमा-बुबालाई थाहा दिनु हुँदैन । त्यसो गर्नाले उनीहरुको भावनामा ठेस पुग्न सक्छ र जसका कारण सम्बन्धमा सुधार आउनुको सट्टा झन बिग्रन सक्छ ।
सराहना गर्ने
आमा-बुबाले गरेका हरेक कुराको सराहना गर्नु आवश्यक छ । तब त हरेक सुख दुःखमा सधैं तपाईंको आमा-बुबा तपाईंसंगै उभिन्छन् ।

प्रतिक्रिया दिनुहोस्