Logo

न्युजिल्यान्डविरुद्धको पाँच टि ट्वान्टी सिरिज धवनले गुमाउने



Spread the love

एजेन्सी। न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले गुमाउने भएका छन् । ओपनर शिखर धवनले काँधको चोटको कारण टि ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।

अस्ट्रेलियासँगको तेस्रो एक दिवसिय खेलमा धवन फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । धवनको स्थान युवा विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसनले लिने सक्ने सम्भावना रहेको छ ।

उत्कृष्ट लयमा रहेका धवनले सिरिज गुमाउँदा भारतलाई केहि धक्का लाग्ने छ । भारतले न्युजिल्यान्डसँग ५ टि ट्वान्टी, ३ एक दिवसिय र २ टेष्ट खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्