Logo

लामो समयसम्मको अध्ययनपछि भ्यान गगको एकमात्र सेल्फ पोट्रेट भएको घोषणा



Spread the love


एजेन्सी । लामो समयदेखि शंकामा रहेको विश्व प्रसिद्ध कलाकार भिन्सेन्ट भ्यान गगको सेल्फ पोट्रेट लामो अध्ययनपछि उनको एकमात्र सेल्फ पोट्रेट भएको बताइएको छ ।

भ्यानगगले सन् १८८९ मा सेल्फ पोट्रेट बनाएका थिए । जुन पोट्रेट सन् १९१० मा नर्वेको अस्लोमा रहेको राष्ट्रिय संग्रालयले किनेको थियो । तर यस पोट्रेटबारेमा सन् १९७० बाट अनेकन कुराहरु निस्केका थिए ।

सन् १९७५ मा पोट्रेटलाई जाँच गर्नको लागि नेदरल्यान्डका विज्ञलाई पठाइएको थियो । सोमबार मात्रै भ्यानगग आफैले कोरेको भनी घोषणा गरिएको छ ।
क्यानभासको एक्सरे, ब्रुसवर्क अनि भ्यान गगको भाइ थिओको चिठीलाई लिएर अनुसन्धान गर्दा विज्ञहरुले सन् १८८९ मा फ्रान्सको सेन्ट रेमी पागलखानामा बनाएको निष्कर्ष निकालेका छन् ।

भ्यान गग म्यूजियका वरिष्ठ अनुसन्धानकर्ता लुइस भान टिलबर्घले एएफपीलाई बताए, “सेल्फ पोट्रेटले मलाइ लामो समयसम्म शंकाको घेरामा राख्यो । यो उनको कामको कला हो तर अरुभन्दा अलिक बेग्लै छ । यो काम जटिल थियो । तर मलाइ लाग्छ, हामीले यसलाई समाधान गरेका छौँ ।”

अस्लो म्युजियले सन् १९१० मा पेरिसबाट उक्त पोट्रेट १०,००० फ्राङ्कमा किनेको थियो । यद्यपि भिन्सेन्टको हो या होइन भनेर थाहा पाउन पुरै ५० वर्ष लाग्यो ।

भिन्सेन्टले सेल्फ पोट्रेट बनाउनुभन्दा पहिले आफ्नो पेन्टर साथी पल गुगनसँग झगडा गरेका थिए । उक्त झगडापछि उनले आफ्नो कान काटे । त्यसपछि उनको लामो समय अस्पताल र पागलखानामा बितेको थियो । सोही पागलखानामा उनले एकमात्र सेल्फ पोट्रेट बनाए र उक्त कुरा आफ्ना भाइ थिओलाई पठाएको चिठीमा उल्लेख पनि उल्लेख थियाे ।

प्रतिक्रिया दिनुहोस्