Logo

भारतबाट ओस्कारमा मनोनित भएका ६ चलचित्र तथा वृत्तचित्र



Spread the love

ओस्कार अर्थात् एकेडेमी अवार्डलाई चलचित्र जगतको निकै प्रतिष्ठित सम्मानको रुपमा लिने गरिन्छ । प्रत्येक वर्ष विभिन्न विधामा चलचित्र तथा कलाकारहरु ओस्कारमार्फत् सम्मानित हुन्छन् । ओस्कार अवार्ड सन् १९२९ बाट दिन थालिएको हो ।
भारतबाट आजका दिनसम्म ओस्कारमा मनोनित हुने चलचित्र तथा वृत्तचित्रको संख्या ६ रहेको छ । ती बारेमा यहाँ संक्षिप्त रुपमा वर्णन गरिएको छ ।

१) मदर इन्डिया– १९५७ (उत्कृष्ट विदेशी भाषाको चलचित्र)

मदर इन्डियाले पहिलो पटक ओस्कारमा पाइला हालेको थियो । मेहबुब खानद्धारा निर्देशित चलचित्रलाई इटालीको नाइट्स अफ काबिरिआले पछि पार्दै ओस्कारलाई आफ्नो पारेको थियो ।

२) एन इन्काउन्टर विथ फेस– १९७८ (उत्कृष्ट सर्ट वृत्तचित्र)

विधु विनोद चोप्राले परिन्दा र मिसन कस्मिरबनाउनुभन्दा पहिला उनले एन इन्काउन्टर विथ फेस नामक वृत्तचित्र बनाएर ओस्कारमा मनोनित हुन सफल भएका थिए ।

३) सलाम बम्बइ– १९८८ (उत्कृष्ट विदेशी भाषाको चलचित्र)

स्लमडग मिलिनियर बन्नुभन्दा पहिला नै मिरा नैरले सलाम बम्बइ चलचित्र बनाइकी थिइन् । बम्बइमा बच्चाहरुको जिन्दगीको बारेमा बनाएको चलचित्रले तहल्का त पिट्यो तर ओस्कारमा भने असफल रह्यो ।

४) लगान– २००१ (उत्कृष्ट विदेशी भाषाको चलचित्र)


अमिर खानद्धारा अभिनित चलचित्र लगान ओस्कारमा मनोनयन हुने चलचित्रहरुमध्ये सबैभन्दा बढि मन पराइएको चलचित्रको रुपमा हेर्ने गरिन्छ । प्रस्तुत फिल्मलाई आशुतोष गोवरिकरले निर्देशन गरेका थिए ।

५) लिटिल टेरोरिस्ट– २००४ ( उत्कृष्ट लाइभ एक्सन सर्ट मुभी)

लिटिल टेरोरिस्टमा भारतीय सीमामा परेको पाकिस्तानी केटालाई लिएर कथा बनाइएको छ । उक्त चलचित्र बेस्ट लिभ एक्सन सर्ट फिल्म विधामा ओस्कारमा मनोनित भएको थियो ।

६) पिरियड इन्ड अफ सेन्टेन्स– २०१८ (उत्कृष्ट सर्ट वृत्तचित्र)

यस प्रतिभाशाली डकुमेन्ट्रीले धेरैको मन जितेको थियो । यसले मन मात्र नजिती ओस्कार पनि जित्यो । प्रस्तुत डकुमेन्ट्रीमा सामान्य भारतीय महिलाहरु जसले पुरानो रीतिरिवाज तोडी सुलभरुपमा सेनिटेरी प्याड बेचेको कथा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्