Logo

ए डिभिजन लिग: उपाधि दावेदार मछिन्द्रले पुलिसको सामना गर्दै



Spread the love

८ माघ, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । पहिलो दिन एक मात्र खेलमा उपाधि दावेदार मछिन्द्र र विभागीय नेपाल पुलिसक्लब बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

पुलिसलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा उक्लने रणनीतिका साथ मैदान उत्रनेछ । पुलिसलाई पाखा लगाउन सके मछिन्द्रले शीर्ष स्थानको आर्मीसँगको अंक बराबरी गर्नेछ । बराबरी या हारले भने मछिन्द्रको उपाधि यात्रामा धक्का लाग्नेछ ।

उपाधि दावेदार मच्छिन्द्रले यसअघि सात खेलबाट १३ अङ्क जोडेको छ । ११ अङ्क बनाएको पुलिस छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको १६ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्