Logo

प्रिमियर लिग: आर्सनल चेल्सीलाई बराबरीमा रोक्दै अंक खोस्न सफल



Spread the love

एजेन्सी। चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेलेको छ । २६औं मिनेटमै दश खेलाडीमा सीमित आर्सनलसँग चेल्सीले बराबरी खेलेको हो ।

आर्सनलका डेभिड लुइजले रातो कार्ड पाउँदै आर्शनल दश खेलाडीमा सीमित भएको थियो । डेभिडकै रातो कार्डमा चेल्सीले पेनाल्टीबाट २८औं मिनेटमा गोल गर्दै लिए पनि जित निकाल्न भने सकेन ।

पहिलो आफमा एक गोलको अग्रता लिएको चेल्सी विरुद्ध आर्सनलले दोस्रो हाफको ६३ र ८७औं मिनेटमा गोल गर्दा चेल्सीले भने ८४औं मिनेटमा गोल गरेको थियो ।

यस्तै अर्को खेलमा शेफिल्ड युनाइटेड विरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ । सिटीका लागि सर्जियो अग्यूरोले निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्