Logo

मार्चमा नेपाल र इङ्ल्यान्ड ‘सी’बीच मैत्रीपूर्ण खेल हुने



Spread the love

८ माघ, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्ड यू–२३ (सी) टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनले मैत्रीपूर्ण खेलका लागि सम्झौता गरेका हुन् ।

दुई टोलीबीच होम एन्ड अवेको आधारमा दुई खेल हुनेछन् । पहिलो खेल नेपालले सन् २०२० मार्च २५ मा एन्डरसट एफसीको मैदान खेल्नेछ । सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्याण्डको फुटबल संघ दी एफए हेड अफ नेसनल लिग लरेन्स जोन्सले हस्ताक्षर गरेका छन् ।

नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २०४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्