Logo

छाउगोठ अन्त्य गर्न ‘साझा अभियान’ को प्रतिबद्धता



Spread the love

९ माघ , कर्णाली – मध्य तथा सुदूरपश्चिममा विद्यमान कुप्रथाका रुपमा रहेको छाउपडी अन्त्यका लागि तीनै तहका सरकारले साझा अभियान थाल्ने प्रतिबद्धता गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आयोजित ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान’ अन्तक्र्रिया कार्यक्रममार्फत प्रतिबद्धता जाहेर गरिएको हो ।

उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउगोठ भत्काउने कार्य सरकारले शुरु गरिसकेकाले यसको अन्त्यका लागि मानसिकरुपमा तयार हुन आग्रह गरे ।

“कर्णाली तथा सुदूरपश्चिमको समस्याका रुपमा रहेको कुप्रथा अत्यका लागि तीनै तहका सरकारको संयुक्त कार्ययोजना बन्छ”, मन्त्री गुरुङले भने, “अभियान तीव्रताका साथ अघि बढ्छ ।” यहाँका महिलाको उत्थानका लागि सीपमूलक तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने भन्दै कर्णाली तथा सुदूरपश्चिम भ्रमणगरी यसमा विशेष कार्यक्रम ल्याएर अघि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्