Logo

भारतीय सहयोगमा विद्यालय भवन



Spread the love

९ माघ, काठमाडाैँ – थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले बुधबार उद्घाटन गरे ।

भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित तीनतले नयाँ संरचनामा ११ कक्षाकोठा, तीन प्रयोगशाला, चार भण्डार तथा दुई कर्मचारी कक्ष छन् । साथै लेखा, प्रशासन, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुद्देश्यीय हल र फर्निचरका लागि एक÷एक कोठाको व्यवस्था छ ।

सो विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिव २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ । यहाँ ५३ प्रतिशत भन्दाबढी छात्रा छन् । अधिकांश विद्यार्थी गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्