Logo

अप्सरा के.सी. बनिन् ‘आईओई पोयट्री च्याम्प ३.०’



Spread the love

‘कविता, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन । आउनुहोस् ! कविता र जिन्दगीको यो ककटेल स्वादमा मस्त हुँदै शब्दहरूको जबर्जस्त सेलिब्रेसन गरौँ’ भन्ने मुलभाव सहित बुधबार आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो (IOE Poetry Champ 3.0) सम्पन्न भएको छ ।

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, सेस नेपाल र इन्जिनियरिङ साहित्य समाज, ईन्सास पुल्चोकको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तर-कलेज उक्त कविता प्रतियोगितामा नेशनल ल क्याम्पसकी अप्सरा के.सी. (कविता लेख्ने छोरी) प्रथम भएकी छिन् ।

बिन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका तारानाथ पराजुली (फुलको अनुहारमा अम्लको वर्षा) र पुल्चोक इन्जिनियरिङ क्याम्पसका शितल उपाध्याय (कवि) क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजारको नगद पुरस्कार प्राप्त गरेका थिए ।

द लिभिङ लिजेण्ड साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकममा १५ जना कविले आ-आफ्नो कविता वाचन गरेका थिए ।

विज्ञान राज, सुमान्शी चौहान, हिमाल खतिवडा, संयोग बस्याल, पवन ढुंगाना, स्मृति रानाभाट, किरण चौलागाई, श्रीदीप दाहाल, प्रभात तिमिल्सेना, स्मीता श्रेष्ठ, प्रज्वल दीप र विशाल नाल्बोले प्रतियोगीको रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।

वरिष्ठ कविद्वय विप्लप प्रतिक र मोमिला निर्णायकको भूमिकामा थिए भने असिम सागर, प्रज्वल अधिकारी, रसिक राज, राजु झल्लु प्रसादले अतिथि कविको रुपमा आ-आफ्नो एक-एक कविता वाचन गरेको कार्यक्रमका संयोजक मोहीत जोशीले बताएका छन् ।

साथै आभा फर क्रियटीभिटी, सल्लेरी खबर र ट्रेन्डीङ नेपाल मिडीया पार्टनरको रुपमा रहेको संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्