Logo

सरिलरु नीकेवरुले कति कमायो ?



Spread the love


एजेन्सी । अनिल रविपुडीद्धारा निर्देशित चलचित्र सरिलरु नीकेवरुले बक्स अफिसमा धमाल गरिरहेको छ ।

सुपरस्टार महेश बाबु अभिनित चलचित्रले विश्वभर गरी २२० करोड भारु कमाइसकेको छ । महेश बाबुका अगिल्ला चलचित्र महर्षी र भारत अने नेनुको रेकर्ड तोडी करिअरको सबैभन्दा बढी कमाउने चलचित्र बन्यो ।

अहिलेको अवस्थालाई हेर्दा सरिलरु नीकेवरुले विश्वभरमा ३०० करोड भारु कमाउने अनुमान गर्न सकिन्छ । चलचित्र जनवरी १० मा  रिलिज भएकाे थियाे । चलचित्रमा रश्मिका मंदना, विजयशान्ति, तमन्ना र प्रकाश राज लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्