Logo

बाल्टिनमा डुबेर १२ महिनाकी बालिकाको मृत्यु



Spread the love

९ माघ, सर्लाही। जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्