Logo

अंशु फाटीले धेरै अवसर पाउन सक्छन्– सेटिन



Spread the love


एजेन्सी । बार्सिलोनाका प्रशिक्षक सेटिनले अंशु फाटीले राम्रो खेल्दै गएभने धेरै अवसर पाउने बताएका छन् ।

गएराति भएको खेलमा बार्सिलोनाले इबिजलाई २–१ ले पराजित गरेको थियो । बार्सिलोनाका लागि एन्टोनिओ ग्रिजमानले २ गोल गरेका थिए ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक सेटिनले भने,“अंशु फाटी प्रतिभावान् खेलाडी हुन् । उनी कसरी अगाडि बढ्नेछन् त्यो हामीले देख्नेछौँ । यदि उनले राम्रो प्रदर्शन देखाउँदै गए भने अवशर पनि उत्तिकै पाउनेछन् । ”

सत्र वर्षीय अंशु फाटीले बार्सिलोनाको लागि ३ गोल गरिसकेका छन् । सात सिजन बार्सिलोनाको एकेडेमीमा रहेका अंशु फाटी बार्सिलोनाको सिनियर टिममा गएको जुलाइमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्