Logo

ए डिभिजन लिग: शेर्पालाई पराजित गर्दै थ्री स्टार उक्लियो तेस्रो स्थानमा



Spread the love

९ माघ, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पाविरुद्ध ३-१ को जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्ज्युरी समयमा स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि नै सञ्जोग राईले गोल गर्दै थ्री स्टारलाई २-१ को अग्रता दिलाए ।

यसै खेलबाट यस सिजन लिगमा १०० गोलसमेत पूरा भएको छ । थ्रीस्टारका संजोग राईले गरेको गोल जारी लिगको १०० औं गोल हो । ५१औं मिनेटमा हम्जातले गोल गर्दै थ्री स्टारलाई खेलमा ३-१ को अग्रता दिलाए । त्यस पश्चात थप गोल हुन नसक्दा थ्री स्टार विजयी भयो ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको आर्मी र मछिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । शेर्पा भने ८ खेलबाट ७ अंक जोड्दै ११ औं स्थानमा सिमित छ ।

प्रतिक्रिया दिनुहोस्