Logo

चलचित्र ‘एन्टिहिरो’मा अनमोलसँगै र जसिता अनुबन्धित, यस्तो अवतारमा भुवन !



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक हुन्- अनमोल केसी पछिल्लो समय एक पछि अर्को चलचित्रमा सुपर हिट भएका छन् । ‘ए मेरो हजुर ३’ पछि कुनै पनि चलचित्रमा देखिएका छैन् भने होम प्रोडक्समा निर्माण हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘एन्टिहिरो’मा उनीसँगै चर्चित नायिका जसिता गुरुङ अनुबन्धित भएकी छिन् ।

बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिता ‘एन्टिहिरो’मा नायिकाको रुपमा फाइनल भएकी हुन् । उक्त चलचित्रमा नायक तथा निर्देशक भुवन केसी खलनायक (भिलेन)का रुपमा देखिनेछन् । चलचित्र केसीका वैशाख १ गतेदेखि छायांकनमा जाने नायक भुवन केसीले बताएका छन् ।Image result for ‘एन्टिहिरो’मा अनमोलसँग जसिताको जोडी,

जसिताले ‘लिलिबिली’ बाट नेपाली चलचित्रमा भित्रिएकी थिइन् भने पहिलो चलचित्र बाटै चर्चा नै चर्चा बटुल्न सफल भएकी थिइन् किन भने चलचित्र ‘लिलिबिली’मा नायक प्रदिप खड्कासंग काम गर्ने मौका पाइन् । यो चलचित्रमा उनले गरेको अभिनयलाई सर्वाधिक रुचाइयो ।

अहिले नायिका जसिता तेश्रो चलचित्र नायक धिरज मगरसँग ‘आई एम ट्वान्टी वान’मा व्यस्त रहेकी छन् भने यता नायक अनमोल ‘ए मेरो हजुर ४’ को वर्कसपमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्