Logo

गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङे लेकसाइडबाट पक्राउ



Spread the love

९ माघ, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्