Logo

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने



Spread the love

९ माघ, काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ र सो रकम उपलब्ध गराइएको समयदेखि हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका छन् ।

यसअघि सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तीन सय विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्