Logo

मालिका माविद्वारा सिगों एक पुस्तालाई बिदाई



Spread the love

९ माघ, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका माध्यमिक विद्यालयले सिँगो एक पुस्तालाई बिदाइ गरेको छ । जिल्लाको पश्चिम क्षेत्रको शैक्षिक धरोहरका रुपमा रहेको उक्त विद्यालयले बिहिबार ३३ वर्ष सम्ममा सोहि विद्यालयमा अध्यापन गराएका शिक्षक होम बहादुर पौडेललाई बिदाई गरेसँगै विद्यालयले एक पुस्तालाई नै बिदाई गरेको हो ।

वि.स २०३३ साल बैशाख १६ गते देखि मालिका माध्यमिक विद्यालयबाट शिक्षण पेशा सुरु गरेका पौडेल वि.स. २०४८ साल असार १६ गते स्थायी शिक्षक बन्न सफल भएका थिए ।

एउटै विद्यालयमा लामो समयसम्म अध्यापन गराएका पौडेल शालीन र गम्भीर स्वभावका शिक्षकका रूपमा समेत परिचित छन् । नेपाली राजनीति, सामाजिक भिन्नता,शिक्षकको व्यवहार तथा भौगोलिक सुगमता र दुर्गमताका कारण ६-६ महिनामा शिक्षक सरुवा गर्ने प्रविृत्तिका बाबजुद पनि उनी एउटै विद्यालयमा ३३ वर्ष सम्म अध्यापन गराई अवकाश लिने एक उदाहरणीय शिक्षक समेत बन्न सफल भएका छन् ।

बिहिवार एक कार्यक्रमका बिच पौडेललाई फुलमाला तथा मायाको चिनो प्रदान गरि बिदाई गरिएको हो ।

रहला त पुरानै मालिका मावि  ?

वि.स २०१६ सालमा स्थापना भएको मालिका गाँउ पालिका वडा नम्वर ८ स्थित मालिका माध्यमिक विद्यालय जिल्लाको पश्चिम क्षेत्रै शैक्षिक धरोहरको रुपमा रहेको विद्यालय हो । अहिले पनि यस विद्यालयमा मालिका ,मदाने,इस्मा,धुर्कोट गरि चार गाँउपालिकाका करिब ६ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन ।

पुराना तथा अनुभवि शिक्षकहरुले क्रमश अवकाशको बाटो रोज्दै गर्दा पुरानै शैक्षिक गुणस्तर कायम गर्ने मालिका माध्यमिक विद्यालयलाई चुनौतीको विषय बन्ने देखिन्छ । छोटो समयमै ठुलो सफलता पाएको मालिका माविलाई यही रफ्तारमा अगाडी बढाउन नयाँ पुस्तालाई पक्कै पनि चुनौतीको विषय बन्न सक्छ । किनकि सरकारी स्कुलको खस्कँदो शैक्षिक गुणस्तर र बोर्डिङ स्कुलको मोहले पक्कै पनि मालिकाको रफ्तारमा चुनौति ल्याउनेछन् ।

पछिल्लो समय सरकारी स्कुलको नतिजाले स्वयं सरोकारवाला नै बेखुसी छन् । नयाँ पुस्ताले समाहलेको मालिका माविको भविष्य कता जाने हो बरु त्यो भने र्हेन बाँकी छ ।

प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयको तयारी 

गुल्मीमा पछिल्लो समय प्राविधिक शिक्षाको लहर चलेको छ । कतै सरकारी अनुदान त कतै अभिवाकबाट चन्दा जुटाएर भए पनि प्राविधिक शिक्षामा जोड दिन थालिएको छ । त्यस्तै, मालिका माध्यमिक विद्यालमा पनि प्राविधिक शिक्षा सञ्चालानार्थ असोज २७ गते देखी कार्त्तिक ४ गते सम्म शैक्षिक तथा धार्मिक महोत्वसको आयोजना गरि करिब ६५ लाख रकम सङ्कलन समेत गरिएको छ ।

सैद्धान्तिक शिक्षालाई भन्दा प्राविधिक शिक्षालाइ जोड दिएको विद्यालयको भनाइ छ । गाँउ पालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षालय नहुदाँ गाँउपालिका प्राविधिक शिक्षा विहिन जस्तै बनेको छ । प्राविधिक शिक्षा सञ्चलानको नागरिक स्तरबाट समेत चासो दिनु सकरात्मक पक्ष हो भने सरकारबाट सहुलियत हुन आवश्यक छ ।

दुई नगरपालिका ,दश गाँउपालिका सहित १२ वटा स्थानीय तह रहेको गुल्मीमा १४५ वटा माध्यमिक विद्यालय रहेका छन् । मालिका गाँउपालिकामा बाहेक सबै स्थानीय तहमा कम्तीमा पनि एक एक वटा प्राविधिक शिक्षालय रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्