Logo

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट स्वाँर र भट्ट विजयी



Spread the love

१० माघ, सुदुरपश्चिम – राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित भएका छन् । स्वाँरले ३ हजार ७२० मत प्राप्त गरी विजयी भएका हुन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताव ठगुन्नाले २ हजार ८४ मत प्राप्त गरेका छन् ।

राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी भएकी छन् । उनले ३ हजार ७३८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले १ हजार ८५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

बिहीबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २२९ मध्ये २२७ जना जनप्रतिनिधिले मतदान गरेका थिए । नेकपाका अछाम जिल्लाबाट प्रदेश समानुपातिक सांसद मनकुमारी साउद र नेपाली काँग्रेसबाट निर्वाचित साइपाल गाउँपालिका बझाङकी उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागी नहुँदा जम्मा २२७ मात्रै मत खसेको र ६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्