Logo

धनि बन्नका लागि मुकेश अम्बानीबाट सिक्नैपर्ने कुराहरु



Spread the love

एजेन्सी । सबै मानिसहरुको भाग्यमा सफलता लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता हात पार्छन् । सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरुमध्येका एक भाग्यमानी व्यक्ति हुन् मुकेश अम्बानी । एशियाकै ५ सबैभन्दा धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्यहरुबारे थाहा पाऊ:
राम्रो टोलीको चुनाव
राम्रो क्षमता भएका टीम बनाउने र सहकार्यका साथ मेहनतपूर्वक काममा जुट्नु सफलता प्राप्तिको लागि अति नै आवश्यक हुन्छ । यो कुरा मुकेश अम्बानीले राम्ररी आत्मसात गरेका छन् ।
सधैं सकारात्मक रहनु
उठ्दा, बस्दा, हाँस्दा, खेल्दा, पढ्दा वा काम गर्दा सधैं सकारात्मक रहनु जरुरी हुन्छ । जीवनमा जतिसुकै नकारातमक मानिसहरु आफू वरिपरि झुम्मिउन्, तपाईं सकारात्मक रहनु भयो भने तपाईंलाई कसैले पछि पार्न सकदैन ।
असफलताबाट पाठ सिक्नु
असफलताबाट नडराउनु, त्यसबाट सिक्नु र कहिले पनि हार नमान्नु। यो नै सफलताको एउटा मुख्य कुँजी हो । मुकेशले यो कुँजीलाई राम्ररी पक्रेका छन् ।
के गर्ने भन्ने थाहा हुनु
सफल हुनको लागि सबैभन्दा ठूलो मूल मन्त्र नै कुनै पनि काम शुरु गर्नुभन्दा पहिले तपाईंलाई आफूले के गर्दैछु र आफ्नो लक्ष्य के हो भनेर थाहा पाउनु जरुरी हूनछ । बिना लक्ष्य यताउता भड्कँदैमा केही हासिल हुने वाला छैन । मुकेशले यो कुरालाई आफ्नो जीवनमा राम्ररी लागू गरेका छन् ।
सपना र सोचाइ ठूलो राख्नु
ठूलो सपना देख्नका लागि मुकेशले आफ्ना पिता धीरुभाई अम्बानीबाट सिकेका थिए । जीवनमा कुनै पनि ठूलो गर्नको लागि हरेक व्यक्तिले सबैभनदा पहिले आफ्नो सोचको दायर ठूलो राख्नुपर्छ ।
नडराउनुहोस्, हिम्मतले काम लिनुहोस्
मुकेशले प्रतिकूल परिस्थितिमा पनि नडराइकन, हिम्मतका साथ काम गरेकै कारणले उनले आफ्नो व्यवसायको अकूत साम्राज्य खडा गर्न र फैलाउन सकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्