Logo

कसरी भयो हिन्दू धर्ममा गोत्रको सुरुवात ? गोत्र ज्ञात नभए के गर्ने ?



Spread the love

एजेन्सी । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ ।

ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुरुप प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ ।

प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु भएको थियो । ति हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए ।

‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।

ब्राह्मणमध्ये यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनको अनेक पुत्र थिए । त्यसैले यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्रको ज्ञान हुँदैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्