Logo

बाह्रखरी मिडियाद्धारा बाह्रखरी कथा प्रतियोगिताको घोषणा



Spread the love

काठमाडौं । साहित्यिक प्रतिभालाई उकास्ने उद्धेश्यका साथ बाह्रखरी मिडियाले दोस्रो संस्करणको बाह्रखरी कथा प्रतियोगिताको घोषणा गरेको छ ।

आयोजकले स्थापित लेखक तथा नवलेखकहरुलाई प्रतियोगितामा भाग लिन अनुरोध गरेको छ ।
प्रतियोगितामा आएका कथाहरुमध्येबाट बाह्रखरीको आन्तरिक मण्डलले ५० वटा कथा छानेर निर्णायक मण्डललाई पठाउने छ । सोही ५० कथाबाट निर्णायक मण्डलले २५ वटा कथा छानी सोहीबाटै प्रथम, द्धितीय र तृतीय कथाको घोषणा गर्नेछन् । उत्कृष्ट २५ कथाको संग्रह भने वि सं २०७७ बैशाख १२ गते नतिजाको दिन उपलब्ध गराइनेछ ।

निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा कान्तिपुरका पूर्व प्रधान–सम्पादक नारायण वाग्ले, लेखक अमर न्यौपाने र बिना थिङ तामाङ रहेकी छिन् । बिना थिङ तामाङले २०७५ को बाह्रखरी कथा प्रतियोगितामा प्रथम भएकी थिइन् ।

बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा नौ सयभन्दा बढिले भाग लिएको र यस वर्षको प्रतियोगितामा झन् धेरैले भाग लिनसक्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्धितीय हुनेले ६०,००० अनि तृतीय हुनेले ४०,००० पाउनुका साथै अवार्ड र प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्