Logo

गणेशजीलाई २११ किलोको लड्डु!



Spread the love

सिराहा जिल्लाको सदरमुकाम सिराहा नगरपालिकामा दुई सय ११ किलो (दुई क्वीन्टल ११ किलो) को एउटै लडडु चढाएर गणेश चतुदर्शी पर्व सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको गणेश पूजाको अवसरमा हरेक बर्ष दुई सय ११ किलोदेखि तीन सय किलोको शुद्ध घिउमा तयार गरिएको लड्डु सदरमुकामबासीले गणेशजीलाई चढाउँदै आएका छन। भगवान गणेशजीलाई लड्डु निक्कै मन पर्ने भएकाले ठूलो आकारको लड्डु चढाउने गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

SOURCE : Annapurna Post

सिराहाको महाविर चौकमा पछिल्लो तीन वर्षदेखी स्थानिय युवाहरुले सहभागिता सञ्चालन हुँदै आएको गणेश पुजा महोत्सवको मुख्य आकर्षक केन्द्रविन्दु यही लड्डु बन्दै आएको छ। भिमकाय लड्डुको दर्शन गर्न सर्वसाधारणको घुँइचो नै लागेका छ। महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ।

स्थानीय गणेश साह, शम्भु साह, बिरेन्द्र साह, श्रवण साह, ज्योति साह, राजाबाबु सिंह, महेश पोद्दारलगायतको सहयोगमा बर्षेनी यसप्रकारको लड्डु निर्माण हुँदै आएको छ। महोत्सव संयोजक किरण प्रधानांगकाअनुसार उक्त लड्डु निर्माण गर्न कामदारको पारिश्रमिक छोडी ६० हजारको लागतमा तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्