Logo

चलचित्र ‘के घर के डेरा’ मा दयाहाङ र विपिन अनुबन्धित !



Spread the love

पछिल्लो समय निकै नै चर्चामा रहेका नायक दयाहाङ राई र विपिन कार्की फेरी एक साथ देखिने भएका छन् । चलचित्र ‘लुट’,पछि ‘लुट २’ र ‘जात्रै जात्रा ‘बाट एक पर्दामा काम गरिसकेका छन् भने अब पुन एक साथ देखिने भएका छन् ।

‘के घर के डेरा’मा दयाहाङ र विपिनको सहकार्य

सिङ्गे लामाले निर्माण गर्न लागेको चलचित्र ‘के घर के डेरा’ मा दयाहाङ र विपिन अनुबन्धित भएका छन् भने निर्माण टिमले अहिले सम्म नायिका फाइनल गर्न सकेको छैन । उक्त चलचित्रमा नायक दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिक सहमति गरेको निर्माण टिमले बताएको छ ।

Image result for दयाहाङ राई र विपिन कार्की

वुझिएअनुसार, चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की र कलाकार रविन्द्र झाको मुख्य भूमिकामा रहेका छन् भने अरु कलाकार चयनमा जुटेको निर्माण टिमले  बताएको छ ।

यस चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् भने स्क्रिप्टलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रूपमा तयार पर्ने छन् ।दिर्घ गुरुङको छायांकन रहने यो चलचित्रमा शंकर थापाले संगीत तयार पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्