Logo

पुरूषकाे हातमा नारीकाे जीवन



महिला र पुुरुष एक रथका दुई पाङ्ग्रा । प्रकृतिले दुबैलाई बराबर आफ्नो हिस्सा दियो । तर सभ्यताको विकास हुुँदै जाँदाभने महिलाहरु हेपिदै आए । पुरुषवाद हावी हुँदै गयो । अझ पूर्वमा त के भन्नु र खै ?अझ हिन्दु संस्कृतिका धार्मिक ग्रन्थहरुमा नै महिलालाई कति पेलिएको छ बताइ साध्य छैन ।

पश्चिममा पनि धेरै भएको छैन महिलाहरु उठ्न थालेको । जर्मनीकी क्लारा जेट्किनले पहिलो पटक महिलाका हकअधिकारका बारेमा कुरा उठाएकी थिइन् । पश्चिममा महिलाहरुको त्यस्तो दयनीय अवस्था छैन जस्तो अवस्था हाम्रो पूर्वमा अझै विद्यमान रहेको छ ।

पूर्वकै एउटा सानो देश नेपालमा बल्ल केही आवाजहरु उठ्न थालेका छन् । मिटु अभियान अहिले खुब चर्चामा छ । बल्ल सदियौँ कालदेखि दबिएर रहेका महिला जुर्मुराउँदै छन् । आफ्नो शोषण बारेमा बोल्दैछन् । केही समयअगि केही नाट्यकर्मीहरुको कुकर्म बाहिर आएको छ ।
मेरो एकजना महिला साथीको संगतले महिला हिंसाबारेमा केही सोंच्न बाध्य बनायो ।

अक्षरकाकाले भनेजस्तो हर पुरुषभित्र अर्को डरलाग्दो पुरुष हुुन्छ । महिलाको महिनावारीमा हुुने पीडा र प्रसवपीडाको बारेमा भने सुनेकै थिएँ । ती दुुबै पीडा प्राकृतिक रुपमा सबै महिलाले नै भोग गर्छन् । त्यहीं पीडाकै कारण यो जगत हराभरा भएको छ ।

संसार चलेको छ । तर ती महिलाको संगतपछि मभित्रको पुरुषले ममाथि कहिल्यै हावी हुन पाएन । मलाइ आफ्नो पुरुषत्वको सीमामा रहेर बाँच्न सहयोग गर्यो । नत्र एक पुरुष त छाडा साँडे नै हो । यसरी पुरुषलाई साँडेको उपमा दिँदा केही पुरुष पत्निव्रता पनि छन् । अझै पनि कति धेरै पुरुषहरु छन् जो विवाहअगि शारीरिक सम्बन्ध राख्दैनन् । सबैलाई एउटै कसीमा जोड्न मिल्दैन । तर अरुलाई मानसिक रुपमा तनाव दिने पुरुषहरुले भने यस्ता कुरा बुझ्नु जरुरी छ ।

समयमै उसको संगतको कारण मेरो आँखामा रहेको धमिलो पट्टी खोलियो । त्यसअगि मैले अलिअलि नसुनेको होइन । नारीको पीडालाई अझ नजिकबाट नियाल्ने मौका पाएँ ।

उसले भनी,आज मलाइ अफिसमा बोसले मेरो तिघ्रामा हात राख्दै के छ रमिता भन्दै सोध्यो । म केही बोल्न सकिंन । मैले जम्पसुट लगाएकी थिएँ । हिजो पनि उसले मेरो शरीरलाई घोरिएर हेर्यो । “सेक्सुअलह्यारेसमेन्टको केस हाल्देउ न त मुर्दारलाई जेलमा जान्छ । बोस अविवाहितहो ?”,मैले सोधेँ । “नाइ श्रीमती छ । किनलोग्ने मानिसहरु यस्ता हुुन्छन् ? किन एउटी नारीबाट यिनीहरुको मन भरिन्न ?” उ मलाइ प्रश्न गर्दै थिई । म उसको कुुरा सुुनेर अवाक् भएँ । मलाइ आजसम्म कुुनै पनि केटीले यसरी पुरुषको महिलाप्रतिको गिद्धे नजरबारेमा बताएका थिएनन् । हुुनसक्छ उनीहरुको जीवनमा कुनै पुरुषले त्यस्तो नगर्न सक्छ अथवा गरेको भए पनि सबै कुरा सुुनाउन उपयुक्त नठान्न पनि सक्छन् ।

रमिता (नाम परिवर्तन) सित मेरो परिचय सामाजिक सञ्जालमा भएको थियो । उसको र मेरोबीच कसरी यति धेरै गाढा सम्बन्ध बस्यो मलाइ स्वयम् नै थाहा छैन । जे होस् उसको संगतले मैले पुुरुषको जंगली रुपलाई नजिकबाट नियाल्न पाएको थिएँ । रमेश सायनले भनेजस्तो आइमाइको कुुरा बुझ्नलाई आइमाइकै संगत गर्नुपर्छ ।
बोसलाई केश हाल्देउ न त भन्दा उ आफूू केश हाल्न नसक्ने कुुरा बताइ । यसरी केश हाल्दा मेरो इज्जत सबै सकिने भन्थी । हुुन त समाजले नारीलाई छुुट्टै बन्धनमा बाँधिदिएको छ ।

एकदिन फेरि उसले सुनाइ, था छ आज मलाइ मोबाइल पसलेले रमिता तिम्रो त ब्रेकअप भयो रे ? भनेर सोध्दै थियो । उसको मोबाइलमा समस्या देखिएर मोबाइल पसलमा छाडेको एक महिना भइसकेको थियो । न त मोबाइल बनेको थियो न त मोबाइल फिर्ता दिने कुुरा थियो । रमिता पसलमा आउँछे र यसैगरी फकाउने उसको दाउ थियो । यहीं दाउको लागि मोबाइल पसलेले रमितालाई झेलाइरहेको थियो ।
उ पुरुषबाट निकै नै प्रताडित थिई । बच्चा बेलादेखि अहिलेसम्म धेरै पुरुषले फन्दामा पारेको कुरा गर्थी । यसैक्रममा उसले आफ्नो बचपनको कुुरा पनि झिकी ।

म बच्चाबेलामा घरदेखि केही पर डेरीमा दुुध छोडाउन जान्थेँ । घरमा दुुधबाटै परिवारको मुुखमा अन्नपानी परेको हुनाले नलगी सुख थिएन । बिहानै ६ बजे नै म दुध बोकेर डेरीमा जान्थेँ। त्यतिबेला डेरी सञ्चालक अन्दाजी ५० वर्षका जस्ता देखिन्थ्यो । उसले धेरै पहिलादेखि नै मलाइ हेरिरहन्थ्यो । तर त्यस दिनअर्कै घटना घट्यो । पसलेले मेरा पलाउन पनि नपलाएका सम्म परेका छातीमा किरो पस्यो भने बेस्सरी निमोठ्यो । मलाइ खबरदारी गर्दै यो कुरा कसैलाई भनिस् भने म तँलाइ जान्या छुु । मलाइ निकै नै डर लाग्यो ,त्यो घटना न त घरमा बताउन सकिन । पछिसम्म डेरीवालाले म सोझो र लाचार भएको फाइदा लुुट्यो ।

यसै क्रममा उसले आफ्ना आफन्तीले शुद्ध नछाड्ने कुुरा पनि गरी । उसले आफ्नै फुपू दिदीको छोरी ज्वाइँले दिदीकै सामुन्ने यौन सम्पर्क गर्न खोजेको घटना पनि बताइ ।

सबै पुरुष एउटै हुुँदैनन् यो त थाहा भएकै कुरा हो । न त सबै महिला पनि कहाँ ठीक छन् र ?तपाईं हामीले पनि देखेकै कुरा हो । तर उसको विचारमा कुुनै पनि पुरुष गतिलो लाग्दैनथ्यो । उसको जीवनमा आउने पुरुषहरुको कारणले गर्दा उसको पुरुषहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको थियो । उ पुरुषहरुलाई यौनभोगका लागि जे पनि गर्न सक्ने ब्वाँसो सरह मान्थी ।

जागिरको सिलसिलामा उ हिमाली भेगमा गएकी थिई । अफिसकै बोससित उसको प्रेम बसेछ । बोसको अर्कै प्रेमिका भएको कुुरा उसले अलिपछि थाहा पाइ र बोससित झगडा गरी आफ्नै शहरमा जागिर खान थाली । आफ्नै शहरको बोसमा पनि पुरानै बोसजस्तै बोकापन्तीमा माहिर परेपछि उ जागिर छाडेर काठमाण्डौ आएकी थिई ।

राजधानी आएपछि उसको र मेरो भेट भयो । जीवनबाटै हार खाएजस्तै उ निकै नै उदाश देखिन्थी ।

आफूलाई पुरुषहरुले कठपुतलीझैँ खेलाएको बताउँदै प्रेमा शाहको पहेंलो गुलाब आफू नै भएको जिकिर गरी । प्रेमा शाहको कथाकी पात्रलाई बरु एउटा मात्र पुरुषले चुसेको तर मलाइ भने धेरै पुरुषले चुसेका छन् ।

आफूलाई पुरुषहरुले कठपुुतलीझैँ खेलाएको बताउँदै प्रेमा शाहको पहेंलो गुुलाब आफू नै भएको जिकिर गरी । प्रेमा शाहको कथाकी पात्रलाई बरु एउटा मात्र पुरुषले चुसेको तर मलाइ भने धेरै पुरुषले चुसेका छन् । पुरुषहरुले मेरो अस्तित्वसँग मात्र खेलेनन् उनीहरुले मसित रहेको जीजीविषालाई ध्वस्तपारे । के पुरुषहरु अरुको जीवनसँग खेल्न जन्मेका हुन् ? के अरुको जीवनसँग खेलेर आफूलाई मर्द ठान्छन् । उ यस्तै कुरा गर्थी । म केही बोल्न सकिन । उसका कुरा सुन्दा मेरो घाँटी सुकिसकेको थियो । आखिर म के नै गर्न सक्थेँ र ? उसका कुरा सुन्दा मलाइ मेरो पुरुषत्वसँग नै रीस उठिसकेको थियो । मैले उसलाई सम्झाउने फगत चेष्टा भने गरेँ ।

घरि उ बौलाउने कुुरा गर्थी । घरि डिप्रेसनकै कारणले मर्छु भन्थी । घरमा उसको सम्बन्ध राम्रो थिएन । बुवासँग त फिटिक्कै उसको कुरा जम्दैनथ्यो । घरकाले बिहे गर भन्दा नमानेर चिसिएको सम्बन्ध झन् चिसिएको थियो ।
हालचाल उससँग मेरो सम्पर्क छैन । उ कहाँ छे ? के गर्दै छे ? केही अत्तोपत्तो छैन । उ अझै पनि त्यसैगरी बाँचिरहेकी छे कि पहिलाका कुराहरुलाई भुलेर नयाँ जीवन जिइरहेकी छे ? यस कुराको उत्तर पनि उससँगै हरायो ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्