Logo

जर्मन बुन्डेस लिगामा बायर्नको सानदार जित



Spread the love

एजेन्सी । जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले फराकिलो जित हात पारेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोवर्टाे लेवान्डस्कीको गोलमार्फत वायर्नले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै वायर्नको अग्रतालाई दोब्बर पारे । ५० औँ मिनेटमा लेवन गोरेज्काले गोल गर्दै खेल ३–० मा पुर्याए । वायर्नका लागि थाइगो एकान्टेराले ५८ औँ मिनेटमा घरेलु टोलीका लागि चौथो गोल गरे । ८९ औँ मिनेटमा शेर्गे गेन्ब्रीले गोल गर्दै वायर्नलाई ५–० गोलको जित दिलाए ।

जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ । साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्