Logo

राष्ट्रिय टिमबाट खेल्नका लागि सन्दीप बिचैमा बिग ब्यास छाडेर नेपाल फर्कंदै



Spread the love

१२ माघ, काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग बिचैमा छाडेर आज नेपाल फर्किदै छन् । माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप नेपाल फर्किन लागेका हुन् ।

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए। सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिग ब्यास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन्।

सन्दीप नेपाल फर्किदा मेलबर्न थप समस्यामा पर्ने छ । सन्दीपसँगै तीव्र गतिका बलर हरिस रउफ बंगलादेशसँगको टि ट्वान्टीको लागि पाकिस्तान फर्किसकेका छन् । सन्दीप सोमबार बिहानसम्म नेपाल आईपुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्