Logo

अमेरिकाबाट तिलागुफाकी उपमेयर भन्छिन् ,’म हराएकी पनि छैन, लुकेकी पनि छैन’



Spread the love

१२ माघ, काठमाडौं । गोष्ठीमा सहभागिता जनाउन अमेरिका पुगेर सम्पर्कविहीन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली(दर्शना)ले आफू नहराएको र कतै नलुकेको प्रतिक्रिया दिएकी छन् ।आइतबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेका कारण नेपाल फर्कन नसकेको बताएकी हुन् ।

उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो । विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् ।

आफूलाई लागेको रोगका विषयमा भने जानकारी गराएकी छैनन् । नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् । उनले आफ्नो घाउमा नुन खुसार्नी नछर्कन अनुरोध गरेकी छन् ।

‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ, अलिअलि चल्न सक्ने भएको छु, सबै उपचार भारतकी डा.अञ्जीर कुमारले गर्दै हुनुहुन्छ,’उनले आफ्नो फेसबुकमा लेखेकी छिन्,’म पूर्ण रूपमा निको हुन अझै पाचँ महिना लाग्छ भनेको छ।’त्यस्तै उनले मेयर रतन शाहीलाई जानकारी दिएर गएको र बिरामी परेको खबर पनि उनलाई नै गरेको बताएकी छिन्।

‘म हराएकी पनि छैन, कतै लुकेको पनि छैन’, फेसबुक स्टाटसमा उनले भनेकी छन्,‘मेले मेयरलाई जानकारी नदिई आएको होइन,उहाँले भ्रमण स्वीकृत गर्नु भएको हो।’

प्रतिक्रिया दिनुहोस्