Logo

१७ वर्ष देखि यी हुलाकीले किन लुकाएर राखे २४ हजार पत्र?



Spread the love

एजेन्सी । एक हुलाकीले जापानमा हजारौं पत्रहरु लुकाएर राख्ने गरेको पाइएको छ । टोकियोको कानाग्वा शहरमा हुलाकीले करिब २४ हजार पत्रहरु लुकाएर राखेको जापानी अधिकारीहरुले जनाएका छन् ।

६१ वर्षीय हुलाकीले आफूभन्दा कम उमेरका हुलाकीले जस्तै काम गरेको देखाउन र सबै पत्रहरु पुर्‍याउन अल्छी मान्दै पत्रहरु लुकाएर राख्ने गरिएको भेटिएको छ ।

योकोहामा हुलाक कार्यालयले पत्र लुकाइएको घटना सार्वजनिक भएपछि माफी माग्दै सबै पत्रहरु निश्चित स्थानमा पुर्‍याउने बताएको छ । ति व्यक्ति हुलाक कार्यालयमा हेड अफ डेलिभेरीका रुपमा कार्यरत थिए । त्यस पश्चात उनले गर्दै आएको काम शंकास्पद लागेपछि उनीसँग सोधपुछ गरिएको थियो । उनले आफूले पत्र लुकाएको स्वीकार गरेपछि उनलाई कामबाट बर्खास्त गरिएको थियो ।

हुलाक अधिकारीहरुले त्यसपछि उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा भने हुलाकीले सन् २००३ देखि नै पत्र लुकाएर राखेको पाइएको हो । आरोप साबित भएमा हुलाकीले तीन वर्ष जेल सजाय वा करिब ५ लाख २५ हजार रुपैयाँ जरिवाना भर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्