Logo

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित



Spread the love

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।

नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए। ‘जुन सदनको कल्पना गरेका छौं। संसदले जुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले कल्पना गरेका छौं। उहाँले त्यो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासका साथ उहाँको नाम प्रस्ताव गर्दछु’, नेम्वाङले भने।

प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्