Logo

चलचित्र ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक, विराज र निकिताको रोमान्स (भिडियोमा)



Spread the love

नायक विराज भट्टले आफै निर्देशन गरेको चलचित्र ‘साङ्लो’ को पहिलो गीत ‘चरीले काफल’बोलको गीत दर्शकले निकै नै रुचाएका थिए भने उक्त चलचित्रको दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ ।

Image result for https://youtu.be/4HwI4j_5j0o

अहिले दर्शकको प्रतीक्षामा रहेको छ । किनभने विराजसंगै (२०१७) की मिस नेपाल निकिता चण्डकले  यस फिल्म देखि डेब्यु गरेकी छन् । त्यसैले पनि उक्त चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ ।

Image result for https://youtu.be/4HwI4j_5j0o

सुरेश अधिकारीले संगीत भरेको गीतमा युवा गायक निशान भट्टराई र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ भने गायक निशानकै शब्द रहेको छ । भिडियोमा नायक विराज भट्ट र नायिका निकिता चण्डकको रोमान्स गरेका छन् ।

उक्त चलचित्र केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो । तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ले रिलिज मिति परिवर्तन गरेर यही माघको २४ गतेबाट देशभरि रिलिज हुँदैछ ।

‘आशा छ हामीले निकै दुख गरेका छौ दर्शकले एकदम रुचाउने छन्- नायक विराजले बताएका छन् । चलचित्रमा नायक विराज र निकिता सँगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

शिवम् अधिकारीको लेखन रहेको चलचित्रलाई श्री श्रेष्ठले एक्सन गरेका छन् । मानकृष्ण महर्जनद्वारा छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।

‘साङ्लो’को गीतमा निकिताको हट अवतार

कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ भने चलचित्रको कथा शिवम अधिकारीले तयार पारेका हुन् । विराजले यस चलचित्र बाट निर्देशनमा डेब्यु गरेको हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/4HwI4j_5j0o

प्रतिक्रिया दिनुहोस्