Logo

काँग्रेस उपसभामुखका लागि कमण्डलु लिएर संसदमा प्रस्तुत हुने छैन: रिजाल



Spread the love

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसले उपसभामुख पद पाउनका लागि भनेर सभामुख पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेको छ । सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय जानकारी गराए ।

‘उपसभामुख पदका लागि हामीले सभामुख पदमा उम्मेदवारी नदिएका होइनौँ भन्ने प्रष्ट पार्न चाहन्छौँ,’ रिजालले भने, ‘कमण्डलु लिएर काँग्रेस संसदमा प्रस्तुत हुने छैन ।’

उनले सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्छ भनेर संविधानले व्यवस्था गरेको जिकिर गर्दै त्यसको मर्म र भावलाई नेपाल कम्युनिस्ट पार्टीले बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्