Logo

प्रेमीकाबाट छुटकारा पाउन यी व्यक्तिले गरे आफ्नै बिहेमा चोरी!



Spread the love

 

एजेन्सी। चीनको सांघाई सहरका युवा चानको विवाह उनकी प्रेमिकासँग हुन गइरहेको थियो । चान भने विवाहबाट बच्नको लागि अनेक तरिका अपनाइरहेका थिए । यसैबीच विवाहको केही दिन अगाडि मात्रै उनले नाइटक्लबबाट १७ हजारको स्पीकर चोरे । स्पीकर चोरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार चानलाई विवाहको केही दिन अगाडि मात्रै आफूलाई प्रेमिकालाई माया नगर्ने कुराको बोध भयो । चानको हातखुट्टा नै काम्यो कि माया नै नलाग्ने प्रेमिकासँग विहे गर्दैछु भन्ने सोचेर । त्यसपछि उनले विवाह रोक्नको लागि कुनै अपराध गर्ने योजना बनाए । र नाइट क्लबको स्पीकर चोरे ।

प्रहरीले उनले गरेको अपराध सानो भएकाले छिट्टै रिहा हुने बताए । उनले विवाहबाट बच्न चोरी गरे। नाम मात्रको चोरीका लागि उनले एउटा सामान्य स्पिकर चोरेका थिए।

प्रतिक्रिया दिनुहोस्