Logo

‘अर्जुन रेड्डी’को सफल तेलुगु चलचित्र नेपाली रिमेक बन्दै !



Spread the love

चर्चित तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक विशाल सापकोटाले निर्देशक गर्ने भएका छन् । सापकोटले पछिल्लो समय नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ निर्देशक गरेका थिए ।

arjun reddy in nepali version kabir singh

चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारेमा निर्माण टिमले मुख खोलेको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।

Image result for ‘अर्जुन रेड्डी’

चलचित्रमा मुख्य भूमिकामा नायक आर्यन सिग्देलले आउने खबर बाहिरिएको छ भने आर्यन आफैले यसको खण्डन गरिसकेका छन् । निर्माणटिमले अडिसनको माध्यमबाट कलाकार चयन गर्ने बताएको छ । यो चलचित्र निर्माणमा जी २१ फिल्मस्ले पनि सहकार्य गर्ने भएको छ ।

Image result for ‘अर्जुन रेड्डी’

नेपालमा विदेशी चलचित्रको राइट्स नै लिएर चलचित्र निर्माण भएको छैन । यसका साथै चलचित्र निर्माणमा ‘युवा फिल्म्स’सँग ‘जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ । ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्