Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३४१
संक्रमित
६२,७९७
निको भएका
४५,२६७

संसदीय विशेष समितिमा स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति



१३ माघ, काठमाडाैँ – प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो ।

समितिको आइतबार बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा समेतमा सहमति भएको छ ।

सभामुख यादवका अनुसार समितिका सदस्यका साथै प्रदेशसभामा दर्ता गराउने प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतसँग छलफल गरी उक्त सहमति कायम भएको छ । गत भदौ ५ गते विभिन्न दल र दलका प्रस्तावप्रति असहमति राख्ने सदस्यले प्रदेशसभामा स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गराएका थिए ।

विशेष समितिमा स्थायी राजधानीका सन्दर्भमा भएको सहमतिलाई प्रदेशसभामा दुई तिहाइ मतले पारित गरिएपछि स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्