Logo

रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर सार्वजनिक



Spread the love

नायिका रेखा थापा तथा नायक आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युब मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। एक्सन, रोमान्ससँगै रोदन मिश्रित ट्रेलरमा रेखा थापा, आर्यन सिग्देल, राजन ईशन लगायत फिचारीङ छन्।

झण्डै आठ वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म रुद्रप्रियालाई  रेखाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् । संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।चलचित्र यहि कार्तिक २ गते अर्थात लक्ष्मीपूजाबाट देशभर एकैसाथ प्रदर्शन हुदैछ । रेखा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्।

 हेर्नुहोस् ट्रेलर:

https://youtu.be/Dc-aDzfOeIo

प्रतिक्रिया दिनुहोस्