Logo

कसरी नियन्त्रण गर्ने बालबच्चाको मोटोपन?



Spread the love

अहिलेका अभिभावकका निम्ति टाउको दुखाईको विषय बनेको छ, बालबच्चाको मोटोपन । तर बिगतमा भने आफ्ना बालबच्चा ‘मोटाघाटो’ भएको निको मानिन्थ्यो ।

मोटोपनले भद्दा देखिने मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यसैले अभिभावक चाहन्छन्, बालबच्चाको ज्यान छरितो भए हुन्थ्यो ।

पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ । अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्क्रिय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ ।

मोटोपन आफैमा समस्या हो । यसले शरीर भद्दा हुन्छ । असुहाउदिलो हुन्छ । हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन । मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन् । उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन् ।

कसरी नियन्त्रण गर्ने मोटोपन ?
खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ ।
टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ ।
मोवाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन ।
उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ ।
उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ ।
भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन् ।
फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ ।
कोल्ड ड्रिंकको साटो पानी पिउन दिनुपर्छ । धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ ।
राती धेरैबेर बस्न दिनुहुँदैन । छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्