Logo

बेस्ट मेटल पर्फर्मन्समा टुललाई ग्रामी अवार्ड



Spread the love

एजेन्सी । अमेरिकी प्रोग्रेसिभ ब्यान्ड टुलले ग्रामी अवार्ड जितेको छ । टुलले टेम्पेस्ट गीतबाट बेस्ट मेटल पर्फर्मन्स विधामा ग्रामी अवार्ड जितेको हो ।

टुलको टेम्पेस्टसँगै अरु चारवटा ब्यान्डका गीतहरु मनोनित भएका थिए ।
यसैगरी उत्कृष्ट रक गीतको विधामा टुलको फियर इनोकुलम पनि मनोनयनमा परेको थियो ।

गएको अगस्ट ३० मा टुलले १३ वर्षपछि फियर इनोकुलमा एल्बम रिलिज गरेको थियो । टेम्पेस्टसँगै टुलले तीनवटा बेस्ट मेटल पर्फर्मन्समा अनि एउटा बेस्ट रेकर्डिङ्ग प्याकेजमा ग्रामी अवार्ड जितेको छ ।

प्रतिक्रिया दिनुहोस्