Logo

पार्टनरको यस्तो आनीबानी जसले बुझाउँछ तपाईको सम्बन्ध डेन्जर जोनमा छ!



Spread the love

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा रुपान्तरण हुन्छ । त्यसैले प्रेम-सम्बन्धलाई दाम्पत्य जीवनको पूर्व तयारी समेत मान्न सकिन्छ । यहीबेला आफ्ना पार्टनरको रुची, स्वभाव, प्रवृत्ति, इच्छा, लक्ष्य, बानीव्यवहार आदि थाहा पाउन सकिन्छ ।

प्रेम सम्बन्धमा रहेकै बेला पार्टनरका सबै आनीबानी थाहा हुन्छ । कतिपय आनीबानी यस्ता हुन्छन्, जसले वैवाहिक जीवनलाई खल्लो बनाउँछ ।
संकेत-१
प्रेम सम्बन्धमा थोर बहुत इष्र्या हुन्छ । तपाईंको पार्टनर अत्याधिक इष्र्यालु छन् भने तपाईंको सम्बन्धका लागि यो राम्रो संकेत होइन ।
संकेत-२
तपाईंले के गर्ने/के गर्ने भन्ने कुरा पार्टनरले नै तय गर्छन् ? यस किसिमको सम्बन्धले तपाईंलाई रोबोट बनाउँछ । यसबाट जति सक्दो अलग हुनु नै राम्रो ।
संकेत-३
यस्ता पार्टनर सबैभन्दा खतरनाक हुन्छ, जसलाई पटक पटक अनुभूत गराउनुपर्ने आवश्यक्ता हुन्छ कि तपाईं उनलाई प्रेम गर्नुहुन्छ ।
संकेत-४
यस्ता पार्टनरसँग जीवन विताउनु पनि निकै गाह्रो हुन्छ जो हरेक काममा पूर्णताको अपेक्षा गर्छन् । कुनैपनि कुरामा पूर्णता खोज्नु आफैमा नराम्रो होइन ।
संकेत-५
यदि तपाईंको पार्टनर भौतिख सुखलाई लिएर बढी नै सक्रिय हुन्छन् भने तपाईंले उक्त पार्टनरसँग सुखमय जीवन विताउन सक्नुहुन्न ।
संकेत-६
यदि कुनै काम बिग्रन्छ वा केही गल्ती हुन्छ, तब तपाईंका पार्टनर सबै दोष तपाईंमाथि थोपर्छन् । यस्ता व्यक्ति गैर जिम्मेवार र कमजोर हुन्छन्, जो आफ्नो गल्ती स्विकार्न डराउँछन् ।

प्रतिक्रिया दिनुहोस्