Logo

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई



Spread the love


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाबाट संक्रमित भएको आशंकामा उपचार गरिरहेका एक जनामा कोरोना भाइरसको संक्रमण भएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
चीनमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार २ सय ८७ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्