Logo

बर्नमाउथलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको पाँचौ चरणमा



Spread the love

एजेन्सी । आर्सनल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा २–१ गोलले पराजित गरेको हो । आर्सनलको जीतमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । बर्नमाउथका साम सुरिजले सान्त्वना गोल गरेका थिए ।

आर्सनलले बर्नमाउथविरुद्ध अधिकांश दोस्रो रोजाईका खेलाडी उत्रारेको थियो । आर्सनलको जीतसँगै एफए कपमा प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ ।

आर्सनलले प्रिक्वार्टरमा पोर्ट्समाउथसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्