Logo

ब्राड्ली कुपर नेटफ्लिक्स चलचित्रमा निर्देशन गर्दै



Spread the love


एजेन्सी । हलिउड स्टार ब्राड्ली कुपरले स्वर्गीय कलाकार तथा लेखक लियोनार्द बर्नस्टेनको बारेमा बन्न लागेको चलचित्रमा निर्देशन गर्ने भएका छन् ।

चलचित्रको नाम भने अझै सार्वजनिक गरिएको छैन । नेटफ्लिक्समा रिलिज गरिने उक्त चलचित्रमा उनी निर्देशक मात्र नभइ निर्माता र कलाकारको भूमिका पनि निर्वाह गर्नेछन् ।

कुपरले ओस्कार जित्न सफल चलचित्र स्पटलाइटका स्क्रिप्ट राइटर जोश सिंगरसँग मिलेर स्क्रिप्ट लेख्नेछन् । चलचित्रको निर्माण भने अर्को वर्षको सुरुवातमा गरिने बताइएको छ ।

लियाेनार्दाे बर्नस्टेन अमेरिकन कम्पाेजर हुन् । अमेरिकाकाे इतिहासमा उनी एक प्रतिभाशाली कम्पाेजरकाे रूपमा मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्