Logo

दीपेन्द्र लामाकाे निर्देशनमा बन्न लागेकाे चलचित्रमा दयाहाङ राई, पल शाह र वर्षा शिवाकाेटी



Spread the love

काठमाडाैं । दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा दयाहाङ राई र पल शाह सँगै देखिने भएका छन् । छ माया छपक्कैका सफलतापछि लामाले नयाँ चलचित्र बनाउन लागेका हुन् । दयाहाङ राइले चलचित्रका लागि सम्झौता गरिसकेका छन् भने पलसँग भने अझै सम्झौता भएको छैन ।
चलचित्रमा कलाकार वर्षा शिवाकोटीको पनि अभिनय रहनेछ ।

किरण नेपालीको निर्माणमा बन्न लागेको चलचित्रको कथा निर्देशक लामाले तयार पारिसकेका छन् ।
चलचित्रको नाम भने दुई नम्बरी राखिएको छ ।

दिपेन्द्र लामाको दुई नम्बरी चौथो चलचित्र हो । यसभन्दा अगि उनले घामपानी, गोपी र छ माया छपक्कैजस्ता चलचित्र बनाएका थिए । दुई नम्बरी चलचित्र वि सं २०७७ को जनैपूर्णिमामा रिलिज हुने भन्दै लामाले ट्विट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्